हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।

यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe Acute Respiratory Syndrome (SARS) सम्म गराउन सक्दछ ।

यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वासको समस्या तथा न्यूमोनियाबाटनि संक्रमण भई मृगौला विफल भएर विरामीको मृत्यु समेत हुन सक्दछ|

कोरोना भाइरस रोगको मुख्य लक्षणहरू



ज्वरो आउने (१००.४°F भन्दा माथि)
खोकी लाग्ने
श्वाश फेर्न गाह्रो हुने

नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने?



बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।

खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।


कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।

ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

बालबालिकाका लागि कोभिड बुक

यो छोटो पुस्तकलाई लेखकले कोभिड-१९ का सम्बन्धमा ७ बर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई सहयोगी हुने गरी तयार पारेका छन्। यस पुस्तकले परिवारहरूमा हालको कोभिड -१९ को अवस्थाबाट उत्पन्‍न भावनाहरूलाई लिएर छलफल गर्न मद्दत गर्दछ। यहाँ यो उल्लेख गर्नु महत्त्वपूर्ण हुन्छ कि यो पुस्तक वैज्ञानिक जानकारीको स्रोत नभई कल्पनामा आधारित छ। बालबालिकाहरू आफैँले चित्र कोर्न सक्‍ने हुँदा यसलाई प्रिन्ट गरेर प्रयोग गर्न लेखकको सुझाव रहेको छ।

READ STORY IN ENGLISH
नेपालीमा पढ्नुहोस्

कोरोना भाइरस (कोभिड-१९): अभिभावकले जान्नु पर्ने कुरा

आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने?

Read from Unicef Nepal

References: