हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ। के यस्तो गर्नु राम्रो हो?

यति मात्र होइन, कपडाको मास्क लगाउनु ठिक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल पनि हामीकहाँ उत्तिकै छ?

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले केही दिनअघि सांसद गगन थापासँगको फेसबुक संवादमा जवाफ दिएका छन्।